शनिबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फुटपाथ व्यवसायीसँग नक्कली विल काटेपछि उपमेयर कार्कीको छड्के

फुटपाथ व्यवसायीसँग नक्कली विल काटेपछि उपमेयर कार्कीको छड्के

विराटनगर बजार क्षेत्रका सडक तथा ठेलामा राखी व्यवसाय गर्नेहरुलाई महानगरपालिकाको नाममा दैनिक नक्कली विल काट्न थालेपछि उपप्रमुख शिल्पा निराला कार्कीले छड्के अनुगमन गरेकी छन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

विराटनगर– विराटनगर बजार क्षेत्रका सडक तथा ठेलामा राखी व्यवसाय गर्नेहरुलाई महानगरपालिकाको नाममा दैनिक नक्कली विल काट्न थालेपछि उपप्रमुख शिल्पा निराला कार्कीले छड्के अनुगमन गरेकी छन्।

बजार क्षेत्रमा सयौंको संख्यामा रहेका व्यवसाय गरिरहेकासँग दैनिक २० रुपैयाँका दरले विल काट्ने गरेको गुनासो आएपछि उपप्रमुख कार्कीले अनुगमन गरेकी हुन्। 

अनुगमनका क्रममा उनले विराटनगर महानगरपालिकाको नाममा रसिद बनाएर चटपटे,सुन्तला व्यापारी, आलुचप, भक्का, बदाम विक्री गर्दै व्यापारीहरुसँग रकम असुल्ने गरेको पाईएको थियो। विहीबारराती महानगरका राजश्व महाशाखाका प्रमुख सरोज गौतम सहित फुटपाथ क्षेत्रमा व्यवसाय गर्नेहरुको अनुगमन गर्न पुगेकी उपप्रमुख कार्कीलाई व्यापारीले रसिद काटेर जवरजस्ती रकम असुल्ने गरेको बताएका थिए। दैनिक २० रुपैयाँ नदिए नगर प्रहरी बोलाउँछु भन्दै धम्की दिने गरेको उनीहरूले उपप्रमुख समक्ष गुनासो गरेका थिए।  

महानगरपालिकाको नाममा नक्कली विल बनाएर व्यापारीसँग रकम असुल्नेहरू आए तुरुन्त आफूलाई खवर गर्न उपप्रमुख कार्कीले आग्रह गरेकी छिन्। उनले भनिन्, ‘महानगरपालिकाको आधिकारिक छाप नभएको रसिदबाट जो कोहि आए पनि पैसा नदिनु होला। गैरकानुनी कार्य गर्नेलाई कडा कारबाही गरिने छ।’ 

नक्कली विल लिएर आउनेहरूको पहिचान  गर्नसमेत उनले व्यापारीलाई भनेकी छन्। फुटपाथ बाहेकका क्षेत्रमा पनि नक्कली विल प्रयोग गरि रसिद काटेर रकम असुल गरेको थाहा पाउने वित्तिकै खवर गर्न पनि उनले आग्रह गरेकी छन्। 

उपप्रमुख कार्कीले बजार, पसल, होटेल, सडक निर्माण, सहकारी लगायतको क्षेत्रमा दैनिक जसो अनुगमन गर्ने गरेकी छन्। महानगरको नियमित अनुगमनले उपभोक्ताहरू ठगिने क्रम घट्दै गएको बताइएको छ। उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने होटल सञ्चालकलाई महानगरपालिकाले स्थलगतरुपमै जरिवाना गर्दै आएको छ।

प्रकाशित: Jan 06, 2023| 07:55 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।