शनिबार, साउन १८, २०८२

तराईमा एक हप्तादेखि शीतलहर

तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो।

नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ। सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ। 

महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ। पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु-कुहिरो लाग्दै आएको छ। आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ। 

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ। पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ।  

प्रकाशित: Jan 06, 2023| 06:47 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।