जुम्ला- जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क१स ११ नम्बरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी-१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला– ३ का २० वर्षीय आकाश थापा को मृत्यु भएको हो।
त्यस्तै जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको थियो।
आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटना भएको अटो तिला-३ को श्रीवेणी स्थित कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको छ।