बुधबार, जेठ २९, २०८२

वैदेशिक रोजगारपीडितलाई निःशुल्क कानुनी सहायता

न्यायाधिकरणले रकम तिरेर कानुन व्यवसायी राख्न नसक्ने सर्वसाधारणलाई लक्षित गरी निःशुल्क कानुनी सहायता लिन पाउने व्यवस्था गरेको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– वैदेशिक रोजगार न्यायाधिकरणले विदेश रोजगारीका क्रममा ठगिएका नेपालीलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ।न्यायाधिकरणले रकम तिरेर कानुन व्यवसायी राख्न नसक्ने सर्वसाधारणलाई लक्षित गरी निःशुल्क कानुनी सहायता लिन पाउने व्यवस्था गरेको हो। 

वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउन वरिष्ठ अधिवक्ता अभिनाशकुमार प्याकुरेलसहितको ५० जना अधिवक्ताको नाम र सम्पर्क नम्बरको सूची सार्वजनिक गरेको छ। कानुनी भाषामा ‘प्रोबोनो’ भनिने यो निःशुल्क सेवा लिन न्यायाधिकरणमा सम्पर्क गर्नुपर्ने उक्त कार्यालयका सूचना अधिकारी दुर्गादत्त लम्सालले बताए।

उनका अनुसार न्यायाधिकरणमा दायर भएका वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका असमर्थ पक्षले अनुरोध गरेपछि मात्र सूचीकृत प्रोबोनो कानुन व्यवसायीमध्येबाट नाम छनोट गर्न लगाइनेछ। असमर्थ पक्षले छनोट गरेका कानुन व्यवसायीलाई उनीहरूको पक्षबाट प्रतिनिधित्व गर्न न्यायाधिकरणले नै लगाउनेछ। गत भदौदेखि थालिएको निःशुल्क कानुनी सेवा उपलब्ध गराउन चाहने संख्या बढे पनि हालसम्म कुनै रोजगारीपीडितले निवेदन नदिएको उनले बताए।

प्रकाशित: Jan 05, 2023| 11:25 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्