काठमाडौं- सर्लाही र झापामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका २ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको नारायणपुरमा रहेको मेडिकलमा उपचारको क्रममा मृत्यु भएर्को लाका प्रहरी कार्यालय संग्रामपुरले जनााएको छ। ठक्कर दिने मोटरसाइकलसहित चालकलाईनियन्त्रणमा लिइसकेको छ।
झापाको कमल गाउँपालिका ५ लवडाँडामो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार राति प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र मे २ प २१५७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर प्रदेश १–०१–०१५ प ७४८७ नम्बरको स्कुटरमा समेत मोटरसाइकल ठोकिएको थियो ।
घाइते भएका मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ३८ वर्षीय नरेन्द्र सेलिङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार झापाकै शिवसताक्षी नगरपालिका ९ का २४ वर्षीय मनोज लिम्बुको उपचार दमक स्थित लाइफलाइन अस्पतालमा भइरहेको छ। दुवै चालक र ३ वटै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।