आइतबार, साउन १९, २०८२

सहरी स्वास्थ्य केन्द्रलाई जग्गा

जिल्लाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

स्याङ्जा- जिल्लाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्। विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स–सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले बताए।

'सामान्य उपचारका लागि पनि चिध्यार, वालिङ–१० को मदिखोला तथा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताल जानुपर्ने बाध्यता छ', उनले भने, 'वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने भएकाले गाउँमै स्वास्थ्यचौकी बनाउन सके सामान्य उपचार यही हुन्थ्यो भन्ने ठानेर जग्गा दिएको हुँ।'

जग्गा प्राप्ति भएकाले अब छिट्टै नै निर्माण प्रक्रिया थालिने वडाध्यक्ष सुनिल खनालले बताए। स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेकाले अब बोलपत्र आह्वानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उनले सुनाए।

प्रकाशित: Jan 05, 2023| 08:35 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।