बिहीबार, जेठ ३०, २०८२

नेप्सेमा ६४.८७ अंकको वृद्धि

आज नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ। यो ३.१५ प्रतिशतको वृद्धि हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं– बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ। यो ३.१५ प्रतिशतको वृद्धि हो। 

बुधबार २५८ वटा कम्पनीको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ। यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ। बुधबार सबै उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाएका छन्। यो उपसूचकमा ९.७४ प्रतिशतको उछाल आएको छ।

बुधबार ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन्। कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेभलमा कारोबार भएको छ।


प्रकाशित: Jan 04, 2023| 15:31 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्