काठमाडौं- चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा आउटरिचले दुईवटा कांस्य पुरस्कार जितेको छ। नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट इन्नोभेसन एन्ड मोडेल इन्नोभेसन तथा मार्केटिङ इन्नोभेसन गरी दुई विधामा कांस्य पुरस्कार जितेको हो।
अवार्डअन्तर्गतका तीन विधाहरू प्रोडक्ट एन्ड मोडेल इन्नोभेसन, मेटाभर्स एप्लिकेसन इन्नोभेसन र मार्केटिङ इन्नोभेसनतर्फ स्वर्ण, रजत र कांस्य अवार्ड विजेता देशहरूमा हङकङ, स्विट्जरल्यान्ड–इटाली, क्यानड, अमेरिका, संयुक्त अधिराज्य–साउदी अरेबिया, ब्राजिल, थाइल्यान्ड, ताइपेई सिटी, अस्ट्रेलियालगायतका देशहरू रहेको जनाइएको छ।
समारोहमा इसिआई अवार्डस्का प्रेसिडेन्ट लिजुन जिया (डा. ओएन)ले चीनमा चलिरहेको महामारीका कारण यसपटक सबै सहभागीलाई भौतिक रूपमा उपस्थित गराउन नसकेकाले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नुपरेको बताए। इसिआई अवार्डस् (इन्टरनेसनल इन्टरप्रेनर्स, क्रिएटिभ्स एन्ड इन्नोभेटर्स एसोसिएसन)द्वारा स्थापना गरिएको हो। यो अवार्ड नवप्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड भएको आउटरिचले जनाएको छ।