बिहीबार, जेठ ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भैरवनाथ मन्दिर पाल्पामा माछापुच्छ्रे बैंकको क्युआर कोड

भैरवनाथ मन्दिर पाल्पामा माछापुच्छ्रे बैंकको क्युआर कोड

डिजिटल सेवा र भुक्तानीलाई बढावा दिन माछापुच्छ्रे बैंकले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं- डिजिटल सेवा र भुक्तानीलाई बढावा दिन माछापुच्छ्रे बैंकले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

भैरबनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो। मन्दिरमा बर्षेनी थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरी मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ। डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले पाल्पाको पवित्र तीर्थ स्थल भैरबनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको हो।

क्युआर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र बैंकका लुम्बिनी प्रदेश नं ५ क्लस्टर ए का प्रमुख नारायण केसीमार्फत भैरबनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवि, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

 


प्रकाशित: Jan 04, 2023| 14:13 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्