काठमाडौं- जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस हुने भएको छ। सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हो।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्ने भएकोले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ। सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जीत्न सक्नेछन्।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्। त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरुले ५० प्रतिशत छुट पाउनेछन् भने इन्जिन कुलिंग, एसी/हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन्। साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउनेछन्।
सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।