बिहीबार, जेठ ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्रलाई उँभो लगाउन अर्थमन्त्री र गभर्नरसँग प्रधानमन्त्रीको परामर्श

अर्थतन्त्रलाई उँभो लगाउन अर्थमन्त्री र गभर्नरसँग प्रधानमन्त्रीको परामर्श

प्रचण्डले बैंकिङ अर्थतन्त्रको जिम्मा लिएका मन्त्री र गभर्नरसँग पछिल्लो समय देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रका समस्या र तत्काल सुधार्नुपर्ने विषयबारे अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।

बुधबार सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले बैंकिङ अर्थतन्त्रको जिम्मा लिएका मन्त्री र गभर्नरसँग पछिल्लो समय देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।

प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन तथा तरलताको समस्या, मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहल अगाडि बढाउन मन्त्री पौडेल र गभर्नर अधिकारीलाई आग्रह गरे।

मुलुकको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण नागरिकलाई असरलाई न्यूनीकरण गर्ने उपाय खोज्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई यथार्थ जानकारी दिनु आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित: Jan 04, 2023| 11:45 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्