बिहीबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन हुँदै

राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन हुँदै

राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाबीच भएको अन्तर्पालिका साझेदारी समन्वय बैठकमा दुवै पालिकाको विकास र अन्तरसम्बन्ध मजबुद बनाउन उक्त निर्णय भएको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

लमजुङ- लमजुङको राइनासकोट र गोरखाको लिगलिगकोट जोड्ने पदमार्ग निमार्णका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ। राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाबीच भएको अन्तर्पालिका साझेदारी समन्वय बैठकमा दुवै पालिकाको विकास र अन्तरसम्बन्ध मजबुद बनाउन उक्त निर्णय भएको हो। 

बैठकमा जिल्लाकै एतिहासिक पर्यटकीयस्थलको रुपमा रहेको राइनास नगरपालिकामा पर्ने राइनासकोट र पालुङटार नगरपालिकामा पर्ने लिगलिगकोट जोड्ने पदमार्ग निर्माण र चेपे करिडोर विकासको सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको हो। 

बैठकमा दुवै पालिकाको अन्तरसम्बन्ध रहेका र साझेदारी गर्न सक्ने साझा विकासका विविध आयाम तथा सम्भावनाहरूमा छलफल गरी विभिन्न निर्णयसहित हस्ताक्षर गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए।

छलफलका क्रममा दुई पालिकाको सिमानाको रुपमा रहेको चेपे नदीको संरक्षण गरी जलिय जैविक विविधता संरक्षण गर्नेको लागि नदीमा हुने अप्राकृतिक रुपमा विद्युतीय करेन्ट तथा विष प्रयोग गरी माछालगायत जलचर मास्ने गतिविधिको नियन्त्रण गर्न आवश्यक उपाय ‘अवलम्बन गर्ने निर्णय भएको छ। 

चेपे नदीमा ड्याम निर्माण गरी बहुउदेश्यीय बृहत जलासयका लागि सम्भाव्यता अध्ययन गर्ने तथा सोको लागि सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको राइनासका प्रशासकीय अधिकृत सुयलले बताए।

प्रकाशित: Jan 03, 2023| 18:30 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।