बिहीबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • उपरथी शाहीलाई ब्यारेकमै बस्न जंगी अड्डाले दियो निर्देशन

उपरथी शाहीलाई ब्यारेकमै बस्न जंगी अड्डाले दियो निर्देशन

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं- सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ।

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ।

प्रवक्ता भण्डारीले भने, 'विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पुर्‍याउन पर्ने भएकाले उहाँलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो।'

उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ। भोलि पुस २० गतेदेखि अवकाशमा जान लागेका उपरथी शाहीले आफ्नो अवकास हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिएका थिए। जसमा उनको माग अनुरुप अदालतबाट अन्तरिक आदेश भएको थियो।

प्रकाशित: Jan 03, 2023| 18:11 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।