बिहीबार, साउन २३, २०८२

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका

१ नम्बर प्रदेशको पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

भोजपुर- स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसूस गर्न थालेका छन्। १ नम्बर प्रदेशको पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो।

गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ। 

स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोलटोलमा पुगेर योजना सम्झौता गरेको ३ नम्बर वडा भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिए।

‘गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरू वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँसभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ,’ अध्यक्ष मगरले भने। 

आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि सहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसूस स्थानीयले गरेका छन्। 

गाउँपालिका अध्यक्ष थामप्रसाद राईसहितको टोलीले अहिलेसम्म पालिका वडा नम्बर ३ भुल्के, वडा नम्बर ७ बासिखोरा, वडा नम्बर ५ मानेभञ्ज्याङ, वडा नम्बर ६ बैकुण्ठे र वडा नम्बर ८ गरी ४० वटा योजना सम्झौता गरिसकेको छ। पालिकाको वडा नम्बर ४, १ र २ नम्बर वडामा योजना सम्झौता गर्न बाँकी छ। 

वडा तहबाट योजना सम्झौता गर्नका लागि पालिका पुग्न १ दिन नै लाग्ने र खर्च समेत हुने समस्या हटेकाले स्थानीय खुशी भएका अध्यक्ष राईले बताए। गाउँपालिकाले पहिलो गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजना सम्झौता टोलटोलमा नै पुगेर गर्ने निर्णय गरेका थिए।


प्रकाशित: Jan 03, 2023| 17:50 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।