काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ। नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ। मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो।
सेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ किता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ।
हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। स्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ। खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो।
कुल १०७ कम्पनीमा उकालो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ। साथै ३ कम्पनी स्थिर रहेको छ। १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ। बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ।