शुक्रबार, जेठ ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशबाट फर्किने नागरिकलाई अतिरिक्त मोबाइल ल्याउँदा रोकतोक नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

विदेशबाट फर्किने नागरिकलाई अतिरिक्त मोबाइल ल्याउँदा रोकतोक नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

विदेशबाट मोबाइल बोकेर आएका नेपालीलाई त्रिवि विमानस्थलमा भन्सार तिर्नुपर्ने नियम ल्याइएपछि जनस्तरबाट विरोध भएसँगै प्रधानमन्त्री प्रचण्डको सचिवालयले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएको जानकारी गराएको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश रोजगारीबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले हैरानी खेप्नु परेकोबारे ध्यानाकर्षण भएको बताएका छन् ।

विदेशबाट मोबाइल बोकेर आएका नेपालीलाई त्रिवि विमानस्थलमा भन्सार तिर्नुपर्ने नियम ल्याइएपछि जनस्तरबाट विरोध भएसँगै प्रधानमन्त्री प्रचण्डको सचिवालयले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएको जानकारी गराएको हो।

जनस्तरबाट राखिएको चासो र गुनासोबारे प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्कालै यो विषयमा आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले प्रस्ट पारेको छ।

‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किंदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार तिर्न बाध्य पारेको भन्दै सार्वजनिक रुपमा आलोचना बढेसँगै प्रधानमन्त्री प्रचण्डले यसअघि पनि सोही खाले निर्देशन दिएका थिए।

प्रकाशित: Jan 03, 2023| 13:24 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्