शनिबार, असार ७, २०८२

मोलुङ हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं– मोलुङ हाइड्रोपावरले आईपीओ निष्कासन खुलाएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाखको १० प्रतिशत १० प्रतिशत अर्थात् ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको हो। 

वैदेशिक रोजगारीमा रहका नेपालीका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुंगाको मोलुङ गाउँपालिबासीमा  बाँडफाँट गरिने कम्पनीले बताएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाबासी र सिद्धिचरण नगरपालिकाबासीमा बाँडफाँट गरिनेछ। 

३ माघसम्म समय रहेको उक्त आईपीओमा ३ माघसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा उक्त सेयरमा पूर्ण आवेदन नपरे स्थानीयले १८ माघसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।

प्रकाशित: Jan 03, 2023| 10:54 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्