बिहीबार, साउन २३, २०८२

एक दशकमा पनि बनिसकेन टेकुको पुल

निर्माणका क्रममा गुणस्तरीय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो। विभागको निर्णयविरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमती पुल अझै सम्पन्न हुन सकेको छैन। झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षौंदेखि पुल अलपत्र छ।

निर्माणका क्रममा गुणस्तरीय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो। विभागको निर्णयविरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ।

कार्यालयले ठेक्का तोड्ने निर्णय गरे पनि यस सम्बन्धमा अदालतको निर्णयपछि प्रक्रिया अघि बढाइने कार्यालयका सूचना अधिकारी सुनित केसीले बताए। उनले भने, ‘हामीले प्राविधिक पक्षलाई हेरेर ठेक्का तोडेको हो। अब अदालतको निर्णय के हुन्छ, त्यहीअनुसार गर्नुपर्छ।’

पुल निर्माण हुँदा त्रुटि भएकाले डिभिजन सडकले निर्माण कम्पनीलाई सचेत गराएको सूचना अधिकारी केसीले बताए। त्यतिबेला अध्ययन गर्दा सुपर स्ट्रक्चर (डेस्क स्लाप) मा समस्या पाइएको थियो।

डिभिजन सडक कार्यालयले समस्या भएको ठाउँमा सच्याउन भने पनि त्यसविरुद्ध निर्माण कम्पनी अदालती प्रक्रियामा गएको र पछि कार्यालयबाट ठेक्का तोडेको उनले बताए। ‘डिभिजनले ठेक्का तोडेपछि कम्पनीले ठेक्का तोड्न र कालो सूचीमा राखिएको विरुद्ध अर्को मुद्दामा गयो,’ उनले भने।

पुल प्राविधिक रूपमा त्रुटिपूर्ण भएकाले त्यो तोडेर नयाँ बनाउनुपर्ने भनिएपछि कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राखेपछि कम्पनी सर्वोच्चमा गएको थियो। ‘अन्तिम फैसला आएपछि नै कसरी अघि बढ्ने भन्ने निर्णय हुन सक्छ,’ केसीले भने। पुल निर्माणका लागि आर्थिक वर्ष २०६९/७० मा ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीले निर्माण सम्पन्न भएको भनेको चारवर्ष बितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन। पुल निर्माण कम्पनीले हस्तान्तरण गर्न चाहे पनि डिभिजन सडक कार्यालयले पहिले त्रुटि सच्याउन भनेको थियो। निर्माण कम्पनी पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेकाले ठेक्का तोडिएको थियो।

सङ्घीय राजधानी काठमाडौंमा यो पुलसँगै सोही निर्माण कम्पनीले ठेक्का पाएको तीनकुनेको बागमती पुल पनि लामो समय अवरुद्ध रहेको थियो। त्यो पुलमा पनि निर्माणमा ढिलाइ र भएको काम गुणस्तरीय नहुँदा ठेक्का तोडिएको थियो। अदालती प्रक्रिया टुङ्गिएसँगै अहिले सो पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएको छ।

प्रकाशित: Jan 02, 2023| 21:22 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।