शुक्रबार, जेठ ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुन सक्ने सेवाप्रदायकको चेतावनी

इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुन सक्ने सेवाप्रदायकको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन्।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेको भन्दै जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो।

प्राधिकरणको भाडादरका कारण उपभोक्तालाई समेत असर पर्ने भएको भन्दै डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आइस्पानको आरोप छ। पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए। 

उनले विद्युत प्राधिकरणले आफैं जबर्जस्ती ६ सयदेखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उल्लंघन गरेकव आरोप लगाएका छन्।


प्रकाशित: Jan 02, 2023| 17:03 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्