शुक्रबार, जेठ ३१, २०८२

हुन्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाई स्मार्ट प्रमिस’ योजना ल्याएको छ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाई स्मार्ट प्रमिस’ योजना ल्याएको छ। यो योजनाअन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्साभेटर सुपथ मूल्यमा पाउन सकिने बताइएको छ।

ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन्। नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन्। यसअघि ३६१ घण्टादेखि बढीमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा छन्।

'हुन्डाई स्मार्ट प्रमिस’ का हरेक एक्साभेटरहरूमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टी रहेको छ। साथै, हुन्डाई मेन्टिनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्साभेटरहरूमा ६ महिना, नौ महिना वा नौ महिनाको नि:शुल्क मर्मत गरिने व्यवस्था छ। यस योजनाका मेसिनहरू हुन्डाईको काठमाडौं, हेटौँडा र बुटवलका शोरुमहरूमा उपलब्ध छन्। ग्राहकले आफूलाई सहज हुने स्थानबाट लागत भुक्तानी गरी उपकरणहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

हुन्डाई कन्स्ट्रक्सन नेपालको हेभी निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनी हो। यसले उच्च पर्फर्मेन्स गर्ने ‘नेपालको नम्बर १ एक्साभेटर’ उपकरण निर्माण गर्छ। हुन्डाई कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन र खानी उद्योगहरूका लागि प्रमुख इक्विपमेन्टको रूपमा रहँदै आएको छ।  हुन्डाई मेसिन, हेभी इक्विपमेन्ट अपरेटरहरूलाई कार्य सम्पादन गर्न मुख्य भूमिका खेल्दै आएको छ।

प्रकाशित: Jan 02, 2023| 15:55 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्