काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकको बाह्रौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई कुल पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।
पुष १४ अथवा बिहीबारका दिन सम्पन्न भएको उक्त साधारण सभाको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा सम्पन्न भएको छ।
सेञ्चुरी कमर्सियल बैंकको आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रूपैयाँ ३० पैसामा ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यसका साथै साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ। यस साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८-७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ।