मंगलबार, वैशाख ३०, २०८२

सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन २८ पुसमा

सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

धनगढी- सुदूरपश्मि प्रदेश सभामा सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ। सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन्।

उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशन दिएका छन्।

नेपालको संविधान १८१ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४को नियमि ७ बमोजिम समामुखको निर्वाचनका लागि पुष २८ गते दिउसो १ बजेका लागि समय निर्धारण गरिएको हो।

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेश सभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्व सम्मतीले स्वीकृत गरेको छ।

पहिलो बैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान प्रदान गरेका छन्। सभाको विशेष समयमा बोल्दै शुभ कामना आदान प्रदान गर्ने प्रदेश सभा सदस्यले प्रदेशको विकासका लागि सामुहिक एकता हुनुपर्ने, वेरोज्गारी समस्या समाधानका लागि ठोस नीति निर्माण गरिनुपर्ने, प्रदेश प्रति जनताको भरोषा दिलाउने काम गरिनुपर्ने, सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोक्न ठोस सुरक्षा योजना तय गरिनुपर्ने धारणा राखेका छन्।

Metro Mart
worldlink

प्रदेश सभाको विशेष समयमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य शिवराज भट्ट, नेकपा माओबादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी, नेकपा एस संसदीय दलका नेता दिर्घबहादुर सोडारी, राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवि विष्ट र स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले शुभकामना सहित आफ्ना धारणा राखेका थिए।प्रदेश सभाको अर्को वैठक पुष २८ गते दिउँसो एक बजे बस्ने छ।

प्रकाशित: Jan 02, 2023| 15:46 सोमबार, पुस १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।