शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेलम्चीको पानी बाँड्न दोस्रो चरणमा निर्माण हुँदै ७९६ किमि वितरण सञ्जाल

मेलम्चीको पानी बाँड्न दोस्रो चरणमा निर्माण हुँदै ७९६ किमि वितरण सञ्जाल

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किमि वितरण सञ्जालमध्ये ४२७ किमिको काम सकिएको हो।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले राजधानीमा मेलम्चीको पानी वितरण गर्न दोस्रो चरणमा ७९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ। 

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किमि वितरण सञ्जालमध्ये ४२७ किमिको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले बताएका हुन्।

बाँकी काम पनि चालू आव अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उनको भनाइ छ। वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन्। स्वयम्भू क्षेत्रमा शर्मा/रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टिम्स्कु/मार/सिएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ। यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ। कपन क्षेत्रमा लिपेल/शैलुङ जेभीले काम गरिरहेको छ।

७ अर्ब ३६ करोड ३ लाख ८४ हजार लागतमा दोस्रो चरणको ७९६ किमि वितरण सञ्जालको काम भइरहेको हो। निर्देशनालयले पहिलो चरणमा १ हजार १० किमि वितरण सञ्जाल निर्माण गरिसकेको छ।

त्यसमध्ये ५३२ किमि वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ। पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको आयोजनाले बताएको छ।

प्रकाशित: Jan 02, 2023| 12:49 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्