शुक्रबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • निर्वाचन विशेष
  • राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनबारे आयोग पदाधिकारीसँग प्रधानमन्त्रीको परामर्श

राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनबारे आयोग पदाधिकारीसँग प्रधानमन्त्रीको परामर्श

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगका पदाधिकारीसँग परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका  छन्। सोमबार सिंहदरबारमा आयोगका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगका पदाधिकारीसँग परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्य रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले आग्रह गरे।

छलफलमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन सम्पन्न गरेकामा आयोग पदाधिकारीलाई धन्यवाद पनि दिएका थिए।

प्रकाशित: Jan 02, 2023| 12:27 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...