शुक्रबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ७७ जिल्लाका सिडिओलाई गृहमन्त्री लामिछानिको १८ बुँदे निर्देशन, प्रशासनिक सुधार योजना माग

७७ जिल्लाका सिडिओलाई गृहमन्त्री लामिछानिको १८ बुँदे निर्देशन, प्रशासनिक सुधार योजना माग

सोमबार ७७ जिल्लाका प्रजिअसँग भर्चुअल छलफल गर्दै गृहमन्त्री लामिछानेले आ–आफ्ना कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित समस्याबारे बेलुकीसम्म रिपोर्ट लेखेर पठाउन निर्देशन दिएका हुन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई १८ बुँदे निर्देशन दिएका छन्। सोमबार ७७ जिल्लाका प्रजिअसँग भर्चुअल छलफल गर्दै गृहमन्त्री लामिछानेले आ–आफ्ना कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित समस्याबारे बेलुकीसम्म रिपोर्ट लेखेर पठाउन निर्देशन दिएका हुन्। 

सिंहदरबारबाट सिडिओसँग भर्चुअल कुराकानी गरेका लामिछानेले सम्पादन गर्न सकिने एवं सरलीकरणका विषय समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

उनले भने, ‘सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मेरो वा सचिवस्तरीय निर्णयबाट आवश्यकतानुसार थप सहजीकरण गरी मौजुदा कानुन, साधन–स्रोतको सीमामा रही सम्पादन गर्न सकिने सुधार एवं प्रक्रिया सरलीकरणका विषय समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउनुस्,’ लामिछानेले निर्देशन दिँदै भनेका छन्, ‘कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित समस्याबारे आजै बेलुकीसम्म लेखी पठाउनू।’ जनताका समस्यासँग सरोकार भएका विषयमा ध्यान दिन लामिछानेले सिडिओलाई निर्देशन दिए।

प्रकाशित: Jan 02, 2023| 11:41 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।