शुक्रबार, साउन २४, २०८२

मादीका निर्वतमान वडाध्यक्षको जलेर मृत्यु

कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

कास्की- कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन्।

निर्वतमान वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।

वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो। राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्थे। उनका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएका छन्। आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए। के कारणले आगलागी भएको भन्ने यकिन हुन सकेको छैन।

प्रकाशित: Jan 02, 2023| 09:58 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।