शुक्रबार, साउन २४, २०८२

लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा

गोरखाको लाप्राक स्थित एकीकृत बस्तीका नागरिकहरुले लालपुर्जा पाएका छन्। २०७२ को भुकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरुले लालपुर्जा पाएका थिएनन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

पोखरा- गोरखाको लाप्राक स्थित एकीकृत बस्तीका नागरिकहरुले लालपुर्जा पाएका छन्। २०७२ को भुकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरुले लालपुर्जा पाएका थिएनन्।

हालसम्म ५ सय ५४ घरधुरीले लालपुर्जा पाएका र बाँकीले केही समयभित्र पाउने वडाध्यक्ष किसान गुरुङले जानकारी दिए। उनका अनुसार त्यहाँ ५ सय ७३ घर निर्माण भएको छ। 

सरकारी जग्गा मन्त्रिपरिषदबाट निर्णय गरेर घरधनीलाई २०७७ सालबाट लालपुर्जा वितरण गर्न थालिएको हो। पहिलो चरणमा २०७७ सालमा २ सय ८० घरधनीलाई लालपुर्जा वितरण गरिएको थियो। दोश्रो पटक पुस ९ देखि १६ गतेसम्म थप लालपुर्जा वितरण गरिएको हो। 

लालपुर्जा वितरणका लागि मालपोतका कर्मचारी लाप्राक नै पुगेका थिए। अब १९ जनाको मात्रै वितरण बाँकी रहेको र अधिकांश विदेश भएकाले राेकिएकाे पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए। उनका अनुसार केही घरधनीको मृत्यु समेत भैसकेको छ। सरकारले प्रत्येक परिवारलाई ३ आना जग्गा वितरण गरेको थियो। सोही जग्गामा एनआरएनएले ४ कोठाको दुईतले घर निर्माण गरिदिएको हो। 

उक्तबस्ती निर्माणका लागि एनआरएनए र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सहरी विकास मन्त्रालय बीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो। तर घर भने निकै ढिलो गरि सम्पन्न भएको हो। गुप्सी पाखामा घर बनाइएपनि लाप्राकीहरु नयाँ घरमा सर्न भने आनाकानी गरिरहेका पुर्व वडाध्यक्ष राज गुरुङले बताए। अहिले पनि सबैजसो घरहरु खाली छन्। लाप्राकीहरु पूरानै घरमा बसिरहेका छन्। 

प्रकाशित: Jan 02, 2023| 09:30 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।