शुक्रबार, साउन २४, २०८२

काठमाडौंको बिहानी न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही काठमाडौं उपत्यकासहित तराईका हुस्सु र कुहिरो लागेको छ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- हाल देशका पहाडी भूभागमा आंशिक बदली रही काठमाडौं उपत्यकासहित तराईका हुस्सु र कुहिरो लागेको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ।

आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। हाल काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस रहेको श्रेष्ठले बताए।

यस्तै आज राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन महाशाखाले गरेको छ। यसैगरी, मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसो क्रमशः बढ्दै गएकाले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्।

विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

प्रकाशित: Jan 02, 2023| 08:20 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।