शुक्रबार, असार २०, २०८२

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढेको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढेको छ।

आइतबार कारोबार रकम ४ अर्ब ४ करोड नाघेको छ। यसअघि बिहीबार २ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक भने १७.२६ अंकले बढेर २ हजार ४६ अंकमा कायम भएको छ। 

कुल १२१ कम्पनीको मूल्य बढ्दा ८७ को घटेको छ भने ४ को स्थिर रह्यो। ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो। सिर्जनशील, खप्तड, धौलागिरि लघुवित्त, प्रभु लाइफ र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे।

प्रकाशित: Jan 01, 2023| 15:30 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्