शुक्रबार, असार २०, २०८२

नेपाली बजारमा तोलामा तीन सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ। गत शुक्रबार एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो मूल्य पुस महिनाकै उच्च हो। पुस ७ गते भने सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तर, त्यस यताका कारोबार दिनमा सुनको मूल्य एक लाख ९०० रुपैयाँसम्म झरेको थियो।

सुनको मूल्य गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च एक लाख पाँच हजार ५०० पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्दै जाँदा सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए। विश्व बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको उनको भनाइ छ। नेपालमा अहिले सुनको माग कम हुने गरेको उनले बताए।

त्यस्तै आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ। 

प्रकाशित: Jan 01, 2023| 12:27 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्