बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ज्ञानेन्द्र कार्कीविरुद्ध खनिए अमृत अर्याल, भने- जसले अघि सारे उनीहरुले नै हराए

ज्ञानेन्द्र कार्कीविरुद्ध खनिए अमृत अर्याल, भने- जसले अघि सारे उनीहरुले नै हराए

संस्थापन निकटका अर्याललाई निवर्तमान सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की लगायतका ४ नेताले प्रतिनिधिसभा छाडेर प्रदेशमा उम्मेदवार बन्न भनेको अर्यालले सुनाए।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले गुटकै नेताहरुका कारण आफू संसदीय दलको नेतामा पराजित हुनुपरेको बताएका छन्। प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं. ४ र ५ बाट सिफारिसमा परेका नेता अर्याललाई नेताहरुले मुख्यमन्त्रीमा अघि सार्ने शर्तसहित प्रदेशमा उठाएको उनले बताए। 

संस्थापन निकटका अर्याललाई निवर्तमान सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की लगायतका ४ नेताले प्रतिनिधिसभा छाडेर प्रदेशमा उम्मेदवार बन्न भनेको अर्यालले सुनाए। शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता अर्यालले मुख्यमन्त्रीका रुपमा अघि सार्दै प्रदेशमा उठाएर संसदीय दको नेतामा हराएको आरोप लगाए। उनले भने, ‘मलाई मुख्यमन्त्री हुनुपर्छ, प्रदेशमा उम्मेदवारी दिनु भनेर ज्ञानेन्द्र कार्की लगायतका नेताहरुले भनेका हुन्। अहिले दलको नेता हुनबाट तिनै ज्ञानेन्द्र कार्कीले रोके।’ 

संसदीय दलको नेतामा आफ्नो पक्षमा माहौल बनेको देखेपछि प्रदेश सांसदहरु (संस्थापन समूहका ) लाई चार-चार जना नेताहरुले फोन गर्दै भोट नदिनु भनेको अडियो रेकर्ड नै फेला परेको अर्यालको भनाइ छ। उनले भने, ‘गुटकै नेताहरुले आफूलाई पछाडि पार्ने काम गरे।’ संसदीय दलको निर्वाचनको ४ दिनअघि गुटका नेताहरु आफ्नो विरुद्धमा लागेको पाए   पनि विद्रोहको प्रतिकका रुपमा उम्मेदवारी दिएको उनको भनाइ छ। उनले भने, ‘संसदीय दलमा मेरो उम्मेदवारी प्रतिकका रुपमा हो। नेता विरुद्ध मैले मसाल उठाएँ। यो अभियान देशभर चल्नेछ।’ 

पार्टी सभापति समेत रहेका शेरबहादुर देउवालाई ‘मिसगाइड’ गर्ने काम कार्कीले गरेको उनले बताए। प्रधानमन्त्रीलाई सरकारको प्रवक्ताले सूचना दिनुपर्ने ठाउँमा सूचना नदिएको उनको आरोप छ। नेता अर्यालले भने,‘कार्कीकै कारण सत्ता गठबन्धन भत्किएको हो।’ मोरङका नेताहरु विभिन्न समूहमा लागेकै कारण मोरङ कमजोर बन्दै गएको उनले बताए। जिल्ला कमजोर बनेका कारण केन्द्रमा मोरङको प्रभाव कम पर्दै गएको उनले बताए। अर्यालले भने, ‘मोरङका नेताहरु एक नभए जिल्लाको कुरा सुनुवाइ हुने छैन।’

शुक्रबार भएको प्रदेश १ संसदीय दलको नेतामा अर्यालले लज्जास्पद हार ब्यहोरेका थिए। २९ जना प्रदेशसभा सदस्य रहेको कांग्रेसमा अर्यालले २ मत पाएका थिए। दलका नेतामा संस्थापन समूहको कृष्ण सिटौला समूहका उद्धव थापा १८ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला समूहका केदार कार्कीले ९ मत ल्याएका थिए।

Metro Mart
worldlink

संविधानसभा सदस्य समेत रहेका अर्यालले मोरङ ५ (ख) बाट बहालवाला प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवलाई पराजित गरेका थिए।

प्रस्तावकले मत दिए, समर्थकको आएन  
संसदीय दलको नेतामा अर्यालले २ मत आएपछि प्रस्ताव-समर्थक मध्ये एकले भोट नहालेको देखियो। पत्रकार सम्मेलनमा प्रस्तावक डोल्मा तामाङको मात्रै मत आएको अर्यालले बताए। उनले भने, ‘ मेरा प्रस्तावक-समर्थकलाई नेताहरुले भोट नहाल्ने धम्की दिए।’ नेताहरुको धम्कीबाट विचलित नभई प्रस्तावक डोल्माले मत दिएको उनले बताए। अर्यालले भने, ‘उहाँ इथिकल हुनुहुँदो रहेछ, अमृत अर्याललाई भोट नहाल भनेर नेताहरुले फोन गरे पनि म हाल्छु भन्नुभएछ।’ नेताहरुको धम्कीकै कारण समर्थक सुनिताकुमारी गुरुङ (राम)ले मत नदिएको उनले बताए। 

प्रदेश १ को संसद् अधिवेशन आइतबार देखि शुरु हुँदैछ। संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका रहने उनले बताए। 'सरकारले गरेका सब कामको समर्थन गर्नुपर्छ भन्ने छैन,' अर्यालले भने। सरकारले गरेका राम्रो कामको समर्थन हुने, नराम्रो कामको विरोध गरिने उनको भनाइ छ। प्रदेशको नामाकरण, प्रदेश राजधानीका स्थायी संरचना निर्माणमा कांग्रेस लाग्ने अर्यालले बताए।

प्रकाशित: Dec 31, 2022| 17:30 शनिबार, पुस १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।