काठमाडौं– एभरेष्ट बैंकले धादिङको धुनिबेंसी नगरपालिका–७ खानीखोलामा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयको कम्प्युटर ल्याबलाई २ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयको आवश्यक विद्युत् आपूर्ति गर्न पावर ब्याकअप सिस्टम जाडानका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।
बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेखर कार्कीलाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
कार्यक्रममा विद्यालयका उप–प्रधानाध्यापक गोवद्र्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, धार्के शाखा प्रबन्धक कुमार शेर्पालगायत उपस्थित थिए।
हाल बैंकले १२३ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटिएम, ३२ राजस्व संकलन केन्द्रमार्फत बैंकिङ सुविधा दिँदै आएको छ।