काठमाडौं– नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयलले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ। ९ देखि १३ पुससम्म आयोजित क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको हो।
स्वराज ट्रयाक्टरका ग्राहकलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरिएको थियो। ट्रयाक्टरधनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई प्राथमिकता दिई निःशुल्क बडी चेकअप र रक्तचाप जाँच गरिएको कम्पनीले बताएको छ।
क्याम्पमा सहभागी ट्रयाक्टरधनी तथा ड्राइभरलाई उपहारस्वरुप गल्फको टि–सर्ट, कि–रिङ र डटपेन वितरण गरिएको थियो। क्याम्पमा १७० बढी ट्रयाक्टरधनी सहभागी थिए।