शुक्रबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री–गृहमन्त्री भेट, सिंहदरबार प्रवेशलाई सहज बनाउन छलफल

प्रधानमन्त्री–गृहमन्त्री भेट, सिंहदरबार प्रवेशलाई सहज बनाउन छलफल

प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण निर्माणका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सिंहदरबार प्रवेशमा सर्वसाधारण नागरिकको सहज पहुँचका लागि प्रयास गर्नबारे छलफल गरेका छन्।

शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण निर्माणका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्। 

हाल सिंहदरबार प्रवेशका लागि पास व्यवस्था गरिएको छ। तर सर्वसाधारणले सहजै सिंहदरबार पस्न सक्ने अवस्था छैन। सिंहदरबारभित्रका मन्त्रालयमा आफन्त कर्मचारी भए मात्र सर्वसाधारणलाई काम विशेषले जान दिने गरिएको छ। सर्वसाधारणले सिंहदरबार जान हैरानी खेप्दै आएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले बताएको छ।

तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपात व्यवस्थापन सहज रुपमा गर्न आवश्यक तयारी गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थ मन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता जनाए।

प्रकाशित: Dec 31, 2022| 12:03 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।