जनकपुरधाम- सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका-८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नम्बर २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ।
नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २३९६ नम्बरको गाडीले साकइकल यात्री चौधरीलाई ठक्कर थिएको थियो। सवारीको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।
उनलाई मलंगवा प्रादेशिक उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यस्तै शुक्रबार राति सवा १० बजे सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल अयिन्त्रित भएर दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका-३ बस्ने वर्ष ३० का रोशन यादको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ उनले आफैं चलाएर आउँदै गरेको ना१ब २५५६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको डिएसपी यादवले जानकारी दिए।
यादव सर्लाहीको लालबन्दी नगरपालिकाको सब-इन्जिनियर पदमा कार्यरत रहेका थिए।