शुक्रबार, साउन २४, २०८२

उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले शनिबार कम्तिमा एउटा 'अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल' परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन्।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

सउल- उत्तर कोरियाले शनिबार कम्तिमा एउटा 'अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल' परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन्। प्योङयाङका पाँच ड्रोनहरू साझा सीमा पार र दक्षिणको हवाई क्षेत्रमा उडेको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। 

‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल परीक्षण गर्‍यो’, दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले शनिबार भने। उक्त मिसाइल जापनी सागरमा खसेको बताइएको छ। 

कोरियाली प्रायद्वीपमा सैन्य तनाव यस वर्ष तीव्र रूपमा बढेको छ किनकि उत्तरले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपण सहित हतियार परीक्षणहरूको अभूतपूर्व प्रदर्शन गरेको छ। 

उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र परीक्षण गरे । आणविक हतियारको प्रयोगको लागि थ्रेसहोल्ड घटाए र विश्वव्यापी प्रतिबन्धहरूको बेवास्ता गरे। उनले सन् २०२३ मा पनि अझै क्षेप्यास्त्र परीक्षण गर्ने सम्भावना छ।

किमले यस हप्ता सन् २०२३ को लागि आफ्नो योजनाहरूको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। किनभने उनको सत्तारुढ वर्कर्स पार्टी बैठकले वर्षको अन्त्यमा नीति तय गर्छ।

प्रकाशित: Dec 31, 2022| 11:13 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।