धनगढी- कञ्चनपुरमा तीनजना भारतीय डाँका हतियारसहित पक्राउ परेका छन्। बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियारसहित पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको छ।
स्थानीयको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। गाउँमा लुटपाटका लागि आएका डाँकाहरूलाई स्थानीयले घेराबन्दी गरेर प्रहरीलाई खबर गरेका थिए।
शुक्रबार राति एक र शनिबार बिहान दुई जनालाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन्। उनीहरूको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।