काठमाडौं- पछिल्ला केही दिन यता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। आज देशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले काठमाण्डौ उपत्यका तथा तराई/मधेसमा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौमा लागेको हुस्सु कुहिरो घाम लाग्न थालेसँगै हट्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।
आज बिहान काठमाडौंको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ। गएको बुधबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस थियो।