काठमाडौं– नेपालस्थित कोरियन दूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत रोजगारीमा जाने कामदारको भिसा शुल्क बढाएको छ। दूतावासले हाल ७ हजार २०० भिसा शुल्क लिँदै आएकामा त्यसलाई बढाएर ७ हजार ८०० पुर्याइएको हो।
भिसा जारी गर्न गर्नुअघि आवश्यक पर्ने प्रक्रिया सक्न स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था छ।
अबदेखि उक्त फाराम भर्ने व्यक्तिले भिसा शुल्कबापत ७ हजार ८०० बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ। यसअघि नै सीसीभीआई फारम बुझाइसकेका तथा भिसा जारी हुन नसकेका व्यक्तिले समेत थप शुल्क बुझाउनुपर्नेछ।
यसअघि सीसीभीआई फारम बुझाई सकेका व्यक्तिले समेत भिसा जारी हुन नेपालस्थित कोरियन दूतावासमा सन् २०२३ जनवरी १ पछि मात्रै जाने भएकाले थप ६०० रुपैयाँ बुझाउन कार्यालयले भनेको छ।