शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशबाट मोबाइल ल्याउँदा कर असुल्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

विदेशबाट मोबाइल ल्याउँदा कर असुल्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

अर्थ मन्त्रालयले कामको खोजीमा विदेश रहेका नेपालीले स्वदेश फर्किंदा मोबाइल र ल्यापटप ल्याउँदा कर तिर्नुपर्ने नियम ल्याएपछि चौतर्फी आलोचना हुन थालेको थियो।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किआएका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका दिएका छन्।

अर्थ मन्त्रालयले कामको खोजीमा विदेश रहेका नेपालीले स्वदेश फर्किंदा मोबाइल र ल्यापटप ल्याउँदा कर तिर्नुपर्ने नियम ल्याएपछि चौतर्फी आलोचना हुन थालेको थियो। नागरिक स्तरबाट उक्त निर्णय खारेजी माग गरिएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ नियम लागू नगर्न र पुरानै प्रावधानअनुसार प्रक्रिया जारी राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

विदेशबाट मोबाइल ल्याउँदा सरकारले प्रतिगोटा मोबाइलमा १८ प्रतिशत कर लिन लागेको विरोधस्वरुप वैदेशिक रोजगारीमा रहेका नेपालीले ‘नो रेमिट्यान्स’ ह्यासट्यागमार्फत विरोध जनाउँदै आएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गरी भन्सार छलेर ल्याइएका मोबाइल फोन १५ पुसदेखि नेपालमा नचल्ने बताइसकेको छ। यो व्यवस्थाअनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी मोबाइल ल्याए १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत हुने निर्णय सरकारले गरेको छ।

प्रकाशित: Dec 30, 2022| 11:33 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्