शुक्रबार, साउन २४, २०८२

महोत्तरीमा चिसो छल्न विद्यार्थी घरमै

चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अत्यधिक चिसोका कारण अधिकांश विद्यालयमा विद्यार्थीको संख्या घटेको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

महोत्तरी- चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अत्यधिक चिसोका कारण अधिकांश विद्यालयमा विद्यार्थीको संख्या घटेको छ। 

तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभर नै बाक्लो हुस्सु लागेर जाडो बढे पछि जाडो बिदा दिन थालिएको छ। 

मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ। “घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने। शुक्रबारसम्म बिदा दिइएको छ। नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन्।

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण  विद्यालय आउन छाडेका छन्। केही दिनयता विद्यार्थीको उपस्थिति घटेको छ। मौसममा  सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए। मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ। रासस

प्रकाशित: Dec 30, 2022| 09:35 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।