शनिबार, साउन २५, २०८२

काठमाडौंमा गुडिरहेको टेम्पोमा आगलागी

काठमाडौंमा आज बिहान गुडिरहेको टेम्पोमा अचानक आगो लाग्दा टेम्पोमा क्षति पुगेको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– काठमाडौंमा आज बिहान गुडिरहेको टेम्पोमा अचानक आगो लाग्दा टेम्पोमा क्षति पुगेको छ।

काठमाडौंको पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेको हो।

मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतको बा १ ह ३९६७ नम्बरको टेम्पोमा आगलागी भएको हो। यात्रुलाई चोकमा ओरालेर एक्लै बसेको समयमा आगलागी भएको उनले बताए। अचानक एक आवाज आएको र फर्केर हेर्दा टेम्पोमा दनदनी जलिरहेको उनको भनाइ छ।

स्थानीय र नेपाल प्रहरीको सहयोगमा दमकलले आगो निभाइएको छ। आगो लाग्नुको कारण एकिक नभए पनि तार सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: Dec 30, 2022| 08:09 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।