शनिबार, साउन २५, २०८२

मौसमको खराबीका कारण आन्तरिक उडान प्रभावित

नेपालमा पछिल्ला दिनहरूमा चिसो ह्वात्तै बढेको छ। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो। मुलुकभर तापक्रम घट्दा चिसो बढेको हो। तराईमा भने दिनभर हुस्सु लाग्न थालेको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- नेपालमा पछिल्ला दिनहरूमा चिसो ह्वात्तै बढेको छ। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो। मुलुकभर तापक्रम घट्दा चिसो बढेको हो। तराईमा भने दिनभर हुस्सु लाग्न थालेको छ।

जसकारण जनजीवन प्रभावित भएको छ। हुस्सुका कारण आन्तरिक उडानसमेत प्रभावित भइरहेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हुस्सुका कारण बिहान तराईका सबै विमानस्थलमा पारदर्शिता (भिजिबिलिटी) उडान हुनै नसक्ने गरी घटेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हुस्सुका कारण बिहानपख तराईका सबै विमानस्थलको उडान प्रभावित हुने गरेको छ। 

बिहीबार भैरहवा र जनकपुर विमानस्थलको भिजिबिलिटी १ मिटरमा झरेको थियो भने विराटनगरको भिजिबिलिटी २ मिटरसम्म थियो। उडानका लागि भिजिबिलिटी कम्तीमा एक हजार ६ सय मिटर चाहिन्छ।

पछिल्लो २४ घन्टाको तथ्यांक हेर्दा डडेल्धुराको न्यूनतम तापक्रम ४.९ डिग्री छ भने दिपायलको तापक्रम ३.६ डिग्रीमा झरेको छ। वीरेन्द्रनगरमा २.५, पोखरामा ५.८, ओखलढुंगामा ५, ताप्लेजुङमा ४.६ र जिरीमा माइनस २ डिग्रीमा तापक्रम झरेको छ। तराईमा पनि न्यूनतम तापक्रम घटेको छ। 

महाशाखाका अनुसार धनगढीको न्यूनतम तापक्रम ६.२, नेपालगन्जमा ८.३, भैरहवामा ९.४, विराटनगरमा ८.१ र जनकपुरमा ७ डिग्री मापन भएको छ। 

प्रकाशित: Dec 30, 2022| 07:40 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।