शनिबार, असार २१, २०८२

नेप्से ५६.८८ अंकले बढेर दुई हजार नाघ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उछाल आएको छ। नेप्से परिसूचक ५६.८८ अंकले बढेर २,०२९ अंकमा पुगेको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उछाल आएको छ। नेप्से परिसूचक ५६.८८ अंकले बढेर २,०२९ अंकमा पुगेको हो।

आज कुल २ अर्ब ८६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो। यसदिन सबै उपसमूह बढेका छन्। बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बिमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बिमा ३४८, अन्य ४१ र व्यापार उपसमूह ४७ अंकले बढेको छ। २०८ कम्पनीको मूल्य बढ्दा जम्मा ६ वटाको घटेको छ। 

हिमालय ऊर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स, सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढ्यो। धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशत बढ्यो।कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, रिडी पावर, एनआईसी एसिया बैंक र नबिल बैंक क्रमशः अगाडि रहे।

प्रकाशित: Dec 29, 2022| 15:19 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्