शनिबार, असार २१, २०८२

५३२ किमि वितरण सञ्जालमा मेलम्ची पानीको सफल परीक्षण

मेलम्ची पानी वितरण गर्न निर्माण गरिएको १ हजार १० किमि वितरण सञ्जालमध्ये ५३२ किमिमा पानी परीक्षण सम्पन्न भएको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची पानी वितरण गर्न निर्माण गरेको १ हजार १० किमि वितरण सञ्जालमध्ये ५३२ किमिमा पानी परीक्षण सम्पन्न भएको जनाएको छ। बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले बताए। 

तेस्रो पटक मेलम्चीको पानी राजधानी आउनुअघि दैनिक २० देखि २५ किमि क्षेत्रमा पानी परीक्षण गर्ने गरिएको थियो। कम्पनीको पुरानो स्रोतबाट वितरण भएको पानीले त्यसबेला पानी वितरण गर्ने गरिएको थियो।

मेलम्चीको पानी आउन थालेपछि गत मंसिर तेस्रो सातादेखि भने दैनिक ६० देखि १०० किमिसम्म पानी परीक्षण गर्ने गरिएको उनले बताए। परीक्षणका क्रममा नयाँबजार, बानेश्वर, लैनचौरलगायत क्षेत्रमा विद्युत् प्राधिकरण र काठमाडौं महानगरले विद्युतका तार भूमिगत, ढल व्यवस्थापनलगायत प्रयोजनका लागि खन्दा पाइप काटिएको अवस्थामा भेटिएको निर्देशनालयले जनाएको छ। 

मेलम्चीको पानी आउन थालेपछि नयाँ वितरण सञ्जाल परीक्षणका लागि पानी पठाउँदा पाइप काटिएको थाहा पाइएको हो। पाइप काटिएर पानी चुहावट भएको थाहा पाउनेबित्तिकै मर्मतसम्भारका लागि समूह परिचालन गरिएको निर्देशनालयले बताएको छ। निर्देशनालयले सक्दो छिटो काटिएको पाइप मर्मत गरी पानी वितरण गर्ने व्यवस्था मिलाएको छ।

प्रकाशित: Dec 29, 2022| 17:20 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्