शनिबार, साउन २५, २०८२

देशका उच्च भेगमा हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको नेपालको मौसमी प्रणालीमा आज हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। तराईका क्षेत्रमा शीतलहर रहको छ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

 काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको नेपालको मौसमी प्रणालीमा आज हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। तराईका क्षेत्रमा शीतलहर रहको छ।  

प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले आज राति प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही  भू–भागमा  हुस्सु/कुहिरो लागेकाले  सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ। 

प्रकाशित: Dec 29, 2022| 06:46 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।