शनिबार, असार २१, २०८२

स्मिरनफ भोड्काको उत्पादन अब नेपालमै

विश्व प्रसिद्ध स्मिरनफ भोड्का नेपालमै उत्पादन हुने भएको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- विश्व प्रसिद्ध स्मिरनफ भोड्का नेपालमै उत्पादन हुने भएको छ। विश्वकै नम्बर १ भोड्का “स्मिरनफ” हालसालै एक कार्यक्रम माझ नेपालको अग्रणी पेय उत्पादक, नेपाल लिकर्स प्रालिद्वारा सार्वजनिक गरिएको हो।

कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन शुरु भएर बजारीकरण हुँदै गरेको छ। विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन शुरु हुँदै गरेको छ। स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहेका छन्।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। जस्तै एन्टिक्यटुी ब्लूव्हिस्की, सिग्नेचर प्रिमियर/रेयर व्हिस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की, ब्लूरिब्यान्ड जिन, आदि रहेका छन्। यो पटक भने संसारकै नम्बर एक भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको हो।

विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा विक्री हुने स्मिरनफ भोड्का नेपालमा ७ सय ५०, ३ सय ७५, र १ सय ८० मि.लि. क्रमश २ हजार २ सय, १ हजार १ सय र ५ सय ५० रुपैयाँ मूल्यमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।


प्रकाशित: Dec 28, 2022| 17:17 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्