काठमाडौं- टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्सग्रुप) राइड सम्पन्न गरेको छ।
गत शनिबार बिर्तामोड सोरुमबाट सताशीधामसम्मको राइडका सहभागिहरू बीच विभिन्न गेम खेलाइएको कम्पनीले जनाएको छ। साथै सहभागी सम्पूर्ण राइडरहरूलाई प्रमाणपत्र तथा उपहारहरू पनि प्रदान गरिएको जनाएको छ।
करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएका छन्। साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि दिइएको थियो।