शनिबार, साउन २५, २०८२

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन

आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन्। आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

उनका अनुसार, चालु आर्थिक वर्ष २०७९/०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम सञ्चालन गर्ने गरी काम भएपनि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही ढिलाइ भएकोमा अहिले योजना कार्यन्वयन प्रक्रियाको काम धमाधम भइरहेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ। आवको सुरुआतमै सक्रिय भएमा आवको अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको योजना तथा बजेट शाखा प्रमुख तेजेन्द्र रोकायाले बताए। 

नेपालगञ्ज बसपार्कदेखि सूर्यगाउँसम्मको १३ सय मिटर सडक, मनिकापुर सडक, काञ्जीहाउस निर्माण, बागेश्वरी मन्दिर पूल निर्माणलगायतका पूर्वाधार विकासका योजना कार्यान्वयनको लागि डिपीआर निर्माण र सम्झौताको काम भइरहेको रोकायाले बताए। 

केन्द्रीय सरकारको योजना अन्तर्गत अहिले नेपालगञ्जमा जमुनाहदेखि राँझासम्मको चारलेन सडक स्तरोन्नती कार्य भइरहेको छ। जमुनाहदेखि कोहलपुरसम्मको चारलेन सडक निर्माण भएयता यो वर्ष राँझासम्मको सडक स्तरोन्नती कार्य भइरहेको डिभिजन सडक कार्यालय बाँकेका प्रमुख निरज शाक्यले जानकारी दिए। 

प्रकाशित: Dec 28, 2022| 21:15 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।