शनिबार, असार २१, २०८२

भेटायो एप र फेसियल हाउसबीच सहकार्य

अनलाइनमा आधारित सेवा प्रदायक भेटायो एप र फेसियल हाउसबीच रोजगारमूलक तालिम सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- अनलाइनमा आधारित सेवा प्रदायक भेटायो एप र फेसियल हाउसबीच रोजगारमूलक तालिम सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । बेरोजगार युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा रोजगारी सिर्जना गर्नका लागि व्यावसायिक तथा सीपमुलक तालिम आयोजना गर्न सम्झौता भएको भेटायो एपले जनाएको छ ।

तालिममार्फत समावेशी, पिछडिएको र सीमान्तकृत समुदायका लागि आम्दानीको स्रोत बलियो बनाउने लक्ष्य लिएको उक्त एपले जनाएको छ । दुवै पक्षले लाभ लिन एकअर्काको सम्बन्धित शक्ति, अनुभव, विधि र स्रोत तथा साधनहरूको परिचालन र पहुँचमा विस्तार गर्ने र जसमा करिब ५ हजार व्यक्तिलाई तालिम दिने योजना बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक रूपमा सवल एवम् दक्ष तथा आर्थिक रुपमा स्तरीय रोजगारी पाउन सहयोग पुग्ने विश्वास दुवै संस्थाले लिएको छ । । भेटायो एपमा सेवा लिने र रोजगार प्रदान गर्ने ग्राहकको सुविधाका लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्लेटफर्म हो ।


प्रकाशित: Dec 28, 2022| 14:37 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्